करण केसीले एकै ओभरमा २ विकेट लिए

काठमाडाैं | असार ५, २०८०

करण केसीले एकै ओभरमा २ विकेट लिए तस्बिर फाइल

काठमाडौं:    नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाका प्रमुख दुई विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २ ओभरमा ६-२ को अवस्थामा छ ।

 

करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला आरिफ शेखबाट क्याच आउट भएका हुन् । अमेरिकाका आरोन जोन्स र सुशान्त मोदानी क्रिजमा छन् ।


अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ ।


यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्